पोखरा। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोषीलाई छुटाउन पार्टीको बैठकले निर्देशन दिन नमिल्ने बताएका छन् । प्रेस सेन्टर कास्की समन्वय समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दोषीलाई छुटाउन पार्टीको बैठकले निर्देशन दिन नमिल्ने बताएका हुन् ।
गृहमन्त्री श्रेष्ठले दोषीलाई गठबन्धनका दलले बचाउन खोलेको भन्ने कुरा सत्य नभएको बताएका हुन् । ‘पार्टीहरूको बैठकले निर्देशन दिन मिल्ने कुरा होइन, त्यस कारण राजनीतिक दलहरूको बैठक, गठबन्धनको बैठक त्यसका लागि बसेको भन्ने कुरा नै सत्य होइन,’ उनले भने, ‘सरकार वा गृह मन्त्रालय त्यसलाई स्वीकार गर्दैन,’ उनले भने । गृहमन्त्री श्रेष्ठले मन्त्रीहरूले पनि अनुसन्धानमा हस्तक्षेप गर्न नमिल्ने बताए । ‘अनुसन्धानमा त स्वयं मन्त्रीले फलानालाई ल्याइजा, फलानालाई नल्याइजा भन्न मिल्दैन,’ उनले भने, ‘हामीले प्रहरी संयन्त्रलाई स्वतन्त्र र निष्पक्ष तरिकाले अनुसन्धान अगाडि बढाऊ, तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुनी दायरा ल्याऊ भन्न मात्रै मिल्छ, हामीले ।’
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका गृहमन्त्री श्रेष्ठले तथ्य र प्रमाणका आधारमा दोषी देखिए माओवादीलाई पनि नछोड्ने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ भदौ २०८०, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा शुरू भयो तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन, गृहमन्त्री श्रेष्ठले गरे उद्घाटन
प्रदेश प्रहरी समायोजन विधेयक छिट्टै संसद्मा पेश गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता
नख्खु कारागारमा विपश्यना ध्यान केन्द्र, उपप्रधानमन्त्री श्रेष्ठले गरे उद्घाटन
भुटानी शरणार्थी प्रकरणमा थप प्रमाण आएन : गृहमन्त्री श्रेष्ठ
केही दिनभित्र प्रहरी समायोजन समितिको घोषणा गर्दैछौँ : गृहमन्त्री श्रेष्ठ
प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न मधेशका सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन