सत्तापक्षले संसदमा दादागिरी देखायो :सचेतक बर्तौला

सफल खबर संवाददाता

बुधबार, २४ साउन २०८०, १५ : ४७
सत्तापक्षले संसदमा दादागिरी देखायो :सचेतक बर्तौला

काठमाडौँ । प्रमुख प्रतिपक्ष दलका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसदमा दादागिरी देखाएको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सचेतक बर्तौलाले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सूर्यबहादर थापाले आफ्ना धारणा राख्दै गर्दा सत्तापक्षका सांसहरुले उठेर विरोध गर्नु दादागिरी भएको बताए । उनले सत्तापक्षको दादागिरी देख्दा सरकार संसद् चलाउन नचाहने स्पष्ट भएको बताए ।

उनले प्रतिपक्षले बोल्दै गर्दा सत्तापक्षका सांसदहरुले संसदीय मर्यादाबाहिर गएर विरोध गरेको बताए ।सचेतक बर्तौलाले संसदलाई द्वन्द्वतर्फ लैजान सरकार तयारीका साथ अघि बढिरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस