काठमाडौं । श्रमजीवि पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रशारण विभागमा धर्ना दिइएको छ । शुक्रवार नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित श्रमजीवि पत्रकारहरुले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापन पत्र समेत बुझाएका हुन् । महासंघको तर्फबाट बुझाइएको ज्ञापन पत्र ग्रहण गर्दै सूचना तथा प्रशारण विभागका महानिर्देशक शंकर नेपालले विभागमा आएका उजुरीहरुलाई कार्यविधिले तोकेअनुसार फछ्र्यौट गर्दै आएको बताउनु भयो । उहाँले प्रेस रजिस्टारको भुमिका तोकिएजति निर्वाह गरेको पनि दाबी गर् । उनले श्रमजीवि पत्रकारको हक हीतको बारेमा छलफल अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए।
उनले भने, ‘हामीकहाँ आएको जति पनि उजुरी छन्, यसलाई कार्यविधि तोकेअनुसार समयमा नै फछ्र्यौट गर्ने गरेका छौँ । हामीलाई दिएको अधिकार वार्ता, मध्यस्थता र मेलमिलाप दिएको छ । प्रेस रजिस्टारको भुमिका तोकिएजति निर्वाह गरेका छौँ । श्रमजीवि पत्रकारको हक हीतको बारेमा छलफल व्यापक बनाउनु पर्छ ।’
धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति देखिएकाले सडकमा आन्दोलन गर्नुपरेको बताए। उनले त्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो की भन्ने भाष्य सिर्जना गरिएको भन्दै पत्रकारिता क्षेत्रको गुणस्तरियता, व्यसायिक विकासमा जोड दिनुपर्ने बताए । उन्ले श्रमजीवि पत्रकारिता ऐनले परिकल्पना गरेको जस्तो भुमिका विभागबाट हुन नसकेको बताए ।
उनले भने, ‘सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति छ, त्यसैले हामीले सडकबाट नै सामुहिक रुपमा दबाब दिएर हाम्रो आवाज सरोकारवालासम्म पु¥याउन आएका हौँ । पत्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो की जसरी भाष्य स्थापना गरिँदैछ, यो दुःखद् छ । नयाँ पुस्तालार्ई आकर्षित गर्न यसरी सम्भव छैन । पत्रकारिता क्षेत्रको गुणस्तरियता, व्यसायिक विकासको कुरा छ, श्रम शोषणको क्षेत्र हो भन्ने भाष्य स्थापना गर्दैगर्दा श्रमको मुद्दा पेचिलो बनाएर लैजाने र श्रममा पत्रकारिताको सम्मान हुनेगरी लैजाने प्रयत्न गरिरहेका छौँ । यो कार्यालयले जुन भुमिका निर्वाह गर्दैगर्दा श्रमजीवि पत्रकारिता ऐनले परिकल्पना गरेको जस्तो भुमिका निर्वाह हुन सकिरहेको छैन । स्वतन्त्र र छुट्टै प्रेस रजिस्टारको व्यवस्था हुनुपर्छ । श्रमजीवि पत्रकारले तलव पाउन अदालत जानुपर्ने अवस्था अन्त्य हुनुपर्छ ।’
प्रदर्शनकारीहरुले प्रेस रजिस्टारले समेत श्रमजीवि पत्रकारको हकहीतमा काम नगरेको बताए । उनीहरुले पत्रकारको श्रम अधिकारको सम्मान गर, अविलम्व प्रेस रजिस्टार नियुक्त गर लगायतका प्लेकार्ड र नारा लगाइ प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ साउन २०८०, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार महासंघको निर्वाचनमा धाँधलीको दाबी
देशभरका पत्रकार चुनावमा व्यस्त
पत्रकार महासंघको निर्वाचन असार २२ मा
नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै
प्रजातन्त्र दिवसमा पत्रकारहरूलाई निषेध गरेको भन्दै क्यामरा डाउन
पत्रकारले मर्यादित तथा उत्तरदायी भएर कलम चलाऔँ : अध्यक्ष बस्नेत