काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुक अराजकतातिर जान लागेको बताएका छन् । बिहीबार नेपाल प्रेस युनियन काठमाडौँको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।उनले भने, ‘देश अराजकतातिर गइराखेको जस्तो मलाई लागेको छ । मुलुकमा दण्डहीनता पनि छ ।
अदालतले दोषी ठहर गरेकाहरूलाई पनि हामी छाडिदिन्छौँ । यसले देशलाई अराजकतातिर जान्छ ।’नेपालमा भ्रष्टाचारका कारण विकास हुन नसकेको उनको भनाइ छ । ‘नेपालमा एफडिआइको प्रचुर सम्भावना छ । तर, भ्रष्टाचार, ब्युरोक्रेशीको ढिलासुस्ती, अस्थिर सरकार, नियम ऐन झन्झटिलो हुँदा विकास हुन सकेको छैन भनेर नेपालबारे अमेरिकी रिपोर्टमा कारण उल्लेख छ । हाम्रो देश भ्रष्टाचारले गाँजेको छ,’ उनले भने ।
यस्तै उनले ललिता निवास, सुन काण्डमा कर्मचारी र भरियालाई मात्र पक्राउ गरिएको नेता कोइरालाले बताए । ‘ सुन काण्डमा संसद् अवरुद्ध गरिरहेको छ । संसद्मा कुरा राख्ने हो । संसद् अवरुद्ध गर्दा राष्ट्रलाई कति घाटा भइरहेको छ विपक्षी बुझ्न जरुरी छ,’ उनले भने ।कुनै इस्यु आउँदा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हुने छलफललाई मार्क गर्नुपर्ने कोइरालाले बताए ।
‘हामीले पनि बुझ्नुपर्छ । कुनै इस्यु आउँदा शीर्ष नेता बसिहाल्छन् । के छलफल गर्छन् ? यसलाई मार्क गर्नुहोस् ,’ उनले भने ।यस्तै उनले पटकको केन्द्रीय समिति बैठक आरोप–प्रत्यारोपमै सकिएको बताए । ‘हामीले गम्भीर छलफल भएन । लाइभ भएपछि म भोलिको नेता हुन्छ भनेर हो कि ? तर म जस्तोलाई भने लाइभ गर्दा अप्ठ्यारो भयो ,’ कोइरालाले भने ।
१५ औँ महाधिवेशन आउन साढे दुई वर्ष बाँकी रहेको भन्दै उनले गुटको द्वन्द्व देखाउन आउन नहुने बताए ।‘कांग्रेस र गुटभित्रको द्वन्द्व लेखिराख्नु भएको छ । अधिवेशन आउन कम्तीमा पनि ढाइ वर्ष बाँकी छ,’ उनले भने । यस्तै कोइरालाले सभापति देउवासँग मिलेको भाष्य खडा गरिएकोप्रति आपत्ति जनाए ।
‘मेरो परिवारले केही संस्कार दिएको छ गाली नगर भनेर । बरु गाली खाऊँ, गाली सुन । यो कुरालाई हामीले लिने कि नलिने ? आफ्नो आफ्नो सोचाइ हुन्छ,’ उनले भने, ‘शेरबहादुर देउवाजीसँग म कहाँ मिलेँ ? कहिले मिलेँ ?’ देउवासँग भेटवार्ता गर्न जाने कुरालाई मिल्ने भन्न नहुने उनको भनाइ छ । ‘पहिलो उहाँ बोलाउनु हुन्थेन । म जाँदैन थिएँ । आज बोलाउनु हुन्छ । जान्छु,’ उनले भने ।
कसैलाई गाली गर्नभन्दा कांग्रेसलाई मजबुत बनाउन लाग्नुपर्ने कोइरालाको भनाइ छ । ‘केहीले महामन्त्रीको डिफेन्स गर्नु भएन भन्नुभयो । तर कसैलाई डिफेन्स गर्न आएको होइन । केन्द्रीय समितिमा आफ्नो विवेक प्रयोग गर्ने हो । एउटै कुरा बोल्ने भए एक जनाले बोले भइहाल्यो नि ,’ उनले भने ।
१४ औँ महाधिवेशनमा पाएको ४० प्रतिशत मतलाई ६० प्रतिशत कसरी पुर्याउने भनेर जानुपर्ने उनले बताए । ‘म नेपाली कांग्रेसको सांसद हो । म कुनै ग्रुपको सांसद होइन । मन्त्री मैले पठाउने कुरा आउँदैन । विवादको कुरालाई सुल्टाउँछौंं,’ कोइरालाले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ साउन २०८०, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलवायुले पुर्याएको क्षतिपूर्ति नेपालले पाउनुपर्छ : शेखर कोइराला
अध्यादेशले कांग्रेसलाई अप्ठ्यारो पारेको छ : शेखर कोइराला
नेपालको राजनीतिक अवस्था एकदमै तरल अवस्थामा छ : शेखर कोइराला
बेलायत जाँदै शेखर कोइराला
शेरबहादुर देउवा र गगन थापासँग कुनै विवाद छैन : शेखर कोइराला
चुनावी गठबन्धन रणनीतिक हुने भएपनि अहिले एक्लै लड्ने तयारी गर्नुपर्छ : शेखर कोइराला