काठमाडौँ । नेपाल एसबीआई बैंक लिमिटेडले रु। २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अन्तिम स्वीकृतिको लागि पेस गरेको छ । कम्पनीले २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न यही असार १७ गते सेबोनमा स्वीकृतिको लागी पेश गरेको हो ।
ऋणपत्र निष्कासन गर्न बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी १० वर्ष सम्मको लागी वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो । कम्पनीले कूल कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणको लागी र १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असार २०८०, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एसबीआई बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग