विदेशिएका नेपालीको सुरक्षाका लागि एयरपोर्टबाटै ट्र्याकिङ गर्न सांसद पौडेलको माग

सफल खबर संवाददाता

बुधबार, १३ असार २०८०, ११ : ३६
विदेशिएका नेपालीको सुरक्षाका लागि एयरपोर्टबाटै ट्र्याकिङ गर्न सांसद पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विदेशमा रहेका नेपालीलाई आपत विपद पर्दा सरकार सहयोगी बन्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद पौडेलले एक साताअघि मलेसियामा यमलाल परियारको मृत्यु भएको र अहिले उनको परिवारले लास नेपाल ल्याउन सबैतिर याचना गरिरहे पनि सरकारले नसुनेको उनले बताए। यस्ता गम्भीर विषयमा सरकारले प्रभावकारिता बढाउन पनि उनले आग्रह गरे।

विदेशिएका नेपालीको सुरक्षाका लागि एयरपोर्टबाटै ट्र्याकिङ गर्ने व्यवस्था गर्न पनि उनले माग गरे। ‘कहाँ गएको हो? पुग्यो पुगेन ? सम्झौता अनुसार काम पायो पाएन ? बिरामी भयो कि ? कुनै दुर्घटना वा विपद्‌मा पर्‍यो किरु एयरपोर्टबाटै ट्र्याकिङ गर्ने व्यवस्था गर्नुपर्‍यो, उनले भने।

प्रतिक्रिया दिनुहोस