उपराष्ट्रपति पद आवश्यक छैनः सांसद झा

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, १२ : ४९
उपराष्ट्रपति पद आवश्यक छैनः सांसद झा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपराष्ट्रपति पद आवश्यक नभएको बताएका छन् । आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले देशमा उपराष्ट्रपति पद आवश्यक नभएको बताएका हुन् । 

हालसम्म उपराष्ट्रपतिको पदले सम्झनलायक कुनै पनि काम गर्न नसकेको भन्दै उनले यसको औचित्य माथि नै प्रश्न उठाए । उपराष्ट्रपतिले गर्ने काम राष्ट्रिय सभा अध्यक्षले नै गर्न सक्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

‘उपराष्ट्रपतिको पद संवैधानिक अभ्यास गरेपश्चात आजसम्म ५ हजार ११५ दिन भएको रहेछ । ४ वटा कार्यकाल, तीनवटा अनुहार । त्यो हेर्दैगर्दाखेरी सम्झिन लायकको कुराहरू के छ त ?' उनले भने, 'हामीले सोच्नुपर्छ । यो पद आवश्यक छैन । र राष्ट्रिय सभाको अध्यक्षले नै यसको काम गर्नसक्छन् ।'

प्रतिक्रिया दिनुहोस