दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको छ ।
शुक्रबार प्रदेश सभाका प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०/८१ को बजेट शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतलाई प्राथमिकतामा राखेर कूल ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा भन्दा २ अर्बले घटी हो ।
बजेटमध्ये चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख, पुँजीगत तर्फ २३ अर्ब २५ करोड ६९ लाख, र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । संघीय सरकारबाट राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख प्राप्त भएको छ भने रोयल्टी ३९ करोड छ ।
स्थानीय तहबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने २ अर्ब ५० करोड ३० लाख प्राप्त हुने अनुमान गरिएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, १८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी
लुम्बिनी सरकारबाट बाहिरियो जसपा, अहिरले दिए राजीनामा
लुम्बिनीमा माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, आज शपथ
लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश
विद्युत् महशुल नतिरेपछि लुम्बिनीको स्वास्थ्य मन्त्रालयको लाइन काटियो