काठमाडौं । नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता आज देखि सुरु हुदैँछ ।नेपाल गल्फ संघको आयोजनामा गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सुरु हुन लागेको सो प्रतियोगितालाई नेपाल पर्यटन बोर्डले सहयोग गरेको छ ।
सो खेलमा नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तानका गरी ५२ खेलाडीले सहभागिता जनाउने छन । जसअनुसार टिम इभेन्ट र व्यक्तिगत कुल ४५ पुरुष र ७ महिला खेलाडीले प्रस्पिर्धा गर्नेछन् । नेपाल गल्फ संघका निर्देशक दीपक आचार्यका अनुसार प्रत्येक दिन १८ होल गरेर तीनदिने प्रतियोगिता कुल ५४ होलको प्रतिस्पर्धा हुनेछ । मे २९ अर्थात सगरमाथा दिवसको अवसरमा यो प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ जेठ २०८०, १० : ५४
लेखकबाट थप