सुर्खेत। नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनेर बस्न आग्रह गरेका छन्। १६ औँ गणतन्त्र दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
यसअघि शनिबार पूर्व राजा शाह सुर्खेत आएर गरेको सम्बोधनको विषयलाई लिएर कँडेलले प्रतिवाद गरे । उनले भने, ‘पूर्वराजालाई पार्टीको अध्यक्ष बनेर बस्दा हुन्छ। राप्रपालाई आफ्नै पार्टीको अध्यक्ष बनाएर हिँड्न आग्रह गर्दछु ।’उनले गणतन्त्रमाथि प्रश्न उठिरहेको बनाउँदै गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए। उनले भने, ‘हामी गणतन्त्रवादीहरूले बुझेर स्थापित गर्न सक्नुपर्छ ।
सबैलाई एउटै डालोमा हाल्ने काम भए त्यो राम्रो हुँदैन। एउटा राजा होइन धेरै राजा भए भनेर जनताको सेवक होइन भन्ने गरिएको छ । ज्ञानेन्द्र शाह जस्ता आएर कहिले हिन्दु धर्ममा नाममा अन्य केहीका नाममा गणतन्त्रमाथि धावा बोल्ने काम गरिरहेका छन्।’ व्यवस्थालाई प्रयोगका रूपमा अहिले हुनेहरूले न लिन उनको आग्रह थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ जेठ २०८०, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपांगता भएका व्यक्तिप्रति सामाजिक दृष्टिकोण बदल्नुपर्छ : मुख्यमन्त्री कँडेल
नागरिकलाई असुविधा हुने गरी राखिएका प्रहरी चेक प्वाइन्ट हटाउन निर्देशन
मन्त्री नभए पनि कुनै काम नरोकिएको मुख्यमन्त्री कँडेलको दाबी
प्रतिप्रश्न उठ्न नदिने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त