काठमाडौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पशुपतिमा सुनको जलहरी प्ररणमा सांसदले बोलेका कुरालाई रेकर्डबाट हटाउँदैमा अनियमितता ढाकछोप गर्न नसकिने बताएका छन्।
फेसबुक स्ट्याटसमार्फत प्रतिनिधि सभाका सांसदसमेत रहेका कोइरालाले सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्ने बताएका हुन्।
‘कस्तो विडम्बना ! संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियता सम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरूप कार्य गर्ने,’ उनले भनेका छन्, ‘सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिँदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र?’
उनले सांसदको गरिमालाई कता लैजाँदैछौं भनेर प्रश्न पनि गरेका छन्। ‘के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रूपमा उपभोग पनि गर्न नपाउने हो,’ उनी भन्छन्, ‘संसद्को रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा सञ्चार जगत पनि छन् भन्ने कुरा बुझौं।’
गत जेठ १० गते माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिको गर्भगृहमा सुनको भनेर पित्तलको जलहरी हालिएको बताएका थिए। त्यस्तै स्वास्थ्य सामग्री खरिदमा २ अर्ब भ्रष्टाचार भएको बताएका थिए।
एमालेले सांसदले बोलेका कुरा संसद्को रेकर्डबाट हटाउन माग गर्दै सदन अवरूद्ध गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ जेठ २०८०, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेरबहादुर देउवा र गगन थापासँग कुनै विवाद छैन : शेखर कोइराला
चुनावी गठबन्धन रणनीतिक हुने भएपनि अहिले एक्लै लड्ने तयारी गर्नुपर्छ : शेखर कोइराला
प्रत्यक्षमा आरक्षण दिएर समानुपातिकको प्रतिशत घटाए हुन्छ : शेखर कोइराला
डाक्टर शेखर कोइराला काँग्रेस सभापतिमा उठ्ने
संविधान संशोधन गरेर स्थायी सरकार दिने वातावरण बनाउनुपर्छ : शेखर कोइराला
मन्त्रीहरूले गलत काम गरे आलोचना गर्नुपर्छ : शेखर कोइराला