बुधबार संघीय संसद्को संयुक्त बैठक बस्ने

सफल खबर संवाददाता

मंगलबार, ०९ जेठ २०८०, १९ : ०९
बुधबार संघीय संसद्को संयुक्त बैठक बस्ने

काठमाडौं । सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन ।

सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।