काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार (आज) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन् । संघीय संसदका दुवै सदनलाई संबोधन गर्न जाने क्रममा नागरिकलाई सास्ती हुनेगरी ‘तामझाम’को तयारी नगर्न राष्ट्रपति पौडेलले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरलेका अनुसार सडक अवरोध हुने र नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिइएकाे छ ।उनले विगतमा अन्य समयमा जस्तै सामान्य रुपमा संसद् गएर फर्कने भएकाले सडक अवरोध हुने र नागरिकले सास्ति पाउनेगरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ जेठ २०८०, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्खाको मेहनत र परिश्रमको चिनो सम्पदाको संरक्षण हाम्रो साझा दायित्व : राष्ट्रपति पौडेल
कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त
स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधित: राष्ट्रपति पौडेल
संसदको हिउँदे अधिवेशन राष्ट्रपतिले गरे अन्त्य
दिगो शान्ति र सुशासनका लागि सरकारको तदारुकता आवश्यक छ : राष्ट्रपति पौडेल