काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने भएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले अर्थतन्त्रको अवस्थामा र सूचकहरूका बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने निर्णय भएको सदस्य ज्ञानेन्द्र शाहीले जानकारी दिए । त्यस्तै अर्थतन्त्रसम्बन्धी सरोकारवालाहरूसँग छलफल गरी बजेट निर्माणमा सहयोग गर्ने निर्णय पनि भएको छ । शाहीका अनुसार समितिलाई पूर्णरूपमा डिजिटल प्लेटफर्ममा लैजाने विषयमा पनि छलफल भएको छ ।
पूर्वअर्थमन्त्रीसमेत रहेका समिति सदस्य विष्णु पौडेलले बजेटको पोलिसीमा सुझावहरू दिनुपर्ने र छलफलमा अर्थमन्त्रीमा बोलाउनुपर्ने बताए । अर्थ समितिको पहिलो बैठक कांग्रेस सांसद सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ जेठ २०८०, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसद्बाट फिर्ता लिन अनुमति
संसद्को अर्थ समितिको बैठक बस्दै
अर्थ समितिको बैठक मंगलबार ११ बजे बस्ने
कोरम नपुगेपछि अर्थ समिति बैठक स्थगित
अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची