अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

सफल खबर संवाददाता

शुक्रबार, १५ चैत्र २०८१, ०९ : १४
अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै छ । बैठक बिहान १० बजेबाट सिंहदरबारमा सुरु हुनेछ । 

बैठकमा  भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रतिवेदन उपर छलफल हुनेछ । 

समितिको आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । 

प्रतिक्रिया दिनुहोस