काठमाडौँ । कोरम नपुगेको भन्दै सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक स्थगित भएको छ । बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति न्यून भएपछि बैठकका लागि गणपूरक सङ्ख्या नपुगेको हो ।
आज ११ बजे बोलाइएको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यतालिका रहेको थियो । बैठकमा अर्थमन्त्रीको समेत उपस्थिति हुने बताइएको थियो ।
१२ जना उपस्थित भए बहुमत पुग्ने थियो तर ११ जना सांसद उपस्थित थिए । नेकपा माओवादीका सांसद गंगा कार्कीले कोरम नपुगी बैठक बसेको प्रति विरोध जनाएपछि स्थगित भएको हो । अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ पुस २०८१, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसद्बाट फिर्ता लिन अनुमति
संसद्को अर्थ समितिको बैठक बस्दै
अर्थ समितिको बैठक मंगलबार ११ बजे बस्ने
अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची