एजेन्सी । रूसले युक्रेनको राजधानी कीभमा साेमबार क्षेप्यास्त्र प्रहार गरेको छ । युक्रेनी सेनाले बाख्मत शहरमा प्रतिआक्रमणको तयारी गरेको भन्ने जानकारी प्राप्त गरेसँगै रुसले कीभमा क्षेप्यास्त्र प्रहार गरेको हो । किएभबाट करिब साढे ५ सय किलोमिटर टाढा रहेको दोनेत्स्क क्षेत्रबाट कीएभमा क्षेप्यास्त्र आक्रमण गरेपछि युक्रेनी सेनाले सर्वसाधारणलाई सुरक्षित हुन भनेको छ ।
कीभमा साेमबार बिहान ५ वटा क्षेप्यास्त्र खसेको त्यहाँका गभर्नर पाभ्लो किरिलेन्कोले बताएका छन् । त्यस मध्ये दुई क्षेप्यास्त्र शहरको बाहिरी क्षेत्रमा खसेको, दुई वटा औद्योगिक क्षेत्रमा र आवास क्षेत्रमा खसेको उनले बताएका छन् ।
कीभका क्षेप्यास्त्र प्रहारसँगै युक्रेनको अवडिभका शहरमा पनि बमबारी गरिएको छ । रुसी आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन । युक्रेनी सेनाले देशका पूर्वी, उत्तरी र मध्य क्षेत्रमा पनि आक्रमण हुन सक्ने चेतावनी दिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १८ बैशाख २०८०, ११ : ३७
लेखकबाट थप