बुटवल । शहरी विकास मन्त्री सीता गुरुङले स्थानीय सरकार जनताको विश्वासको शिरानी बन्नुपर्ने बताएकी छन् । स्थानीय सरकार नजिककाे सरकार भएको भन्दै उनले स्थानीय सरकारले जनताको विश्वास र भराेसा जित्ने गरि काम गर्न सक्नुपर्नेमा जाेड दिइन् । नगर विकास कोषद्वारा मंगलबार रुपन्देहीमा आयोजना गरेको नगरपालिका वित्त तथा क्षमता विकास सम्बन्धि प्रादेशिक कार्यशाला गोष्ठीकाे उद्घाटन गर्दै मन्त्री गुरूङले उक्त कुरा बताएकि हुन् ।
उनले नगर विकास कोषलाई सबै पालिकासम्म बिस्तार गर्नेगरी पुनर्संरचना गर्ने तयारी भएको समेत जानकारी गराइन् । कतिपय योजना लहडको भरमा पनि सञ्चालन हुदै आएको भन्दै मन्त्री गुरूङले त्यस्ता योजनाले जनताको जिवनस्तरमा परिवर्तन ल्याउन नसक्ने बताइन् । उनले स्थानीय आवश्यकता, प्राविधिक र वातावररिणीय मूल्याङ्कनको आधारमा मात्र योजना सञ्चालन गर्नुपर्नेमा जाेड दिइन् ।
भौतिक विकास कहिल्यै पुरा नहुने बतउँदै उनलेे स्थानीय तहहरु मानवसंसाधनको विकासमा पनि जोड दिनु पर्ने बताइन् ।कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनको लागि छिटो कार्यविधि बनाउन शहरी विकास मन्त्रालयकाे ध्यानाकर्षण गराए ।
सम्मेलन केन्द्र सञ्चालनको लागि उपमहानगरपालिका सक्षम रहेको बताउँदै उनले संघीय सरकारले कार्यविधि नबनाउँदा सम्मेलन केन्द्र अलपत्र पर्ने अवस्थामा पुगेको गुनाशो गरे । कार्यक्रममा घाेरारी उपमहामनगरपालिका प्रमुख नरुलाल चौधरी , तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण, लमही नगर प्रमुख जोगराज चौधरी लगायतले आ आफ्नो भनाइ राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ बैशाख २०८०, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वदेशमा उत्पादित वस्तुहरुको प्रयोग बढाऔँ : मन्त्री गुरुङ
आफ्नो पदीय गरिमा जोगाउन इन्जिनियरहरूलाई मन्त्री गुरुङको आग्रह
नागरिकको अवस्था परिवर्तन गर्न सरकार अहोरात्र खटिरहेको छ : मन्त्री गुरुङ