बुटवल । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गठबन्धन सरकारले पूर्णता पाएपछि अत्यन्तै व्यवस्थित र परिणामुखी ढंगले काम गर्ने बताएका छन् । उनले त्यसका लागि प्रतीक्षा गर्न पनि सबैलाई आग्रह गरे ।प्रेस सेन्टर नेपाल, रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले सरकारले लिएको लक्ष्य पूरा गर्न दृढ प्रतिबद्ध रहेको बताए । उनले केही दिनमा सरकारले पूर्णता पाएपछि काम तीव्रताका साथ अघि बढ्ने बताउँदै सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको प्रस्ट पारे ।उनले अर्थतन्त्रमा केही समस्या देखा परे पनि तिनलाई समाधान गर्दै अर्थतन्त्रलाई लयमा ल्याउन सके समृद्धिमा फड्को मार्न सकिने दाबीसमेत गरे ।
अहिले राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, राष्ट्रिय एकतालाई सुदृढ गर्दै शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने र सामाजिक तथा आर्थिक रुपान्तरण एवं आम मानिसको जीवनमा परिवर्तन ल्याउनुपर्ने खाँचो औंल्याए ।आफूले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि आन्तरिक र बाह्य सुशासनमा ध्यान दिएको जिकिर गर्दै उनले कहीँकतै राजनीति र आर्थिक चलखेलले भूमिका नपाओस् भन्ने गरी अघि बढेको बताए ।‘शान्ति सुरक्षाको सुनिश्चितता गर्नुपर्छ, कालोबजारी र अपराध नियन्त्रण गर्न लागिपरेका छौं,’ उनले भने ।उनले नागरिकता विधेयक अगाडि बढाउने बताए । संविधानअनुसार नागरिकता पाउनुपर्ने नागरिकलाई नागरिकता बिहीन बनाउन नसकिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ चैत्र २०७९, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा शुरू भयो तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन, गृहमन्त्री श्रेष्ठले गरे उद्घाटन
प्रदेश प्रहरी समायोजन विधेयक छिट्टै संसद्मा पेश गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता
नख्खु कारागारमा विपश्यना ध्यान केन्द्र, उपप्रधानमन्त्री श्रेष्ठले गरे उद्घाटन
भुटानी शरणार्थी प्रकरणमा थप प्रमाण आएन : गृहमन्त्री श्रेष्ठ
केही दिनभित्र प्रहरी समायोजन समितिको घोषणा गर्दैछौँ : गृहमन्त्री श्रेष्ठ
प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न मधेशका सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन