काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालमा राष्ट्रव्यापी आँखा उपचारमा लायन्स क्लबले महत्त्वपूर्ण सहयोग गरेको बताएका छन् । शनिबार काठमाडौँमा भएको लायन्स क्लबको अधिवेशनमा बोल्दै उनले नेपालमा अन्धोपन निवारण गर्न लायन्स क्लबले उल्लेखनीय काम गरेको बताए ।
सभामुख घिमिरेले वातावरण प्रदूषण बढिरहेको बेला वातावरण सफा राख्न, भूकम्पका बेला पनि राहत तथा उद्धारको काममा लायन्स क्लबले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । भूकम्पका बेला ४५ करोडभन्दा बढी सहयोग जुटाएर विद्यालय बनाउन सफल भएकोमा धन्यवाद व्यक्त गरे ।
सामाजिक काममा लायन्स क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि सामाजिक काममा लाग्न आग्रह गरे । साथै त्रिवि लायन्स रगत बैंक स्थापना गर्न लागेकोमा सफलताको कामना पनि उनले गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ चैत्र २०७९, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक परिषद् विधेयकमा सभामुखले खोजे सत्तापक्षको धारणा
सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै
संघीयता महंगो भएको टिप्पणी तर्कसंगत छैन : सभामुख घिमिरे
सभामुख घिमिरेले भेटे कम्बोडियाका प्रधानमन्त्री
सभामुख घिमिरे र कम्बोडियन समकक्षीबिच भेटघाट
शिक्षा ऐन निर्माणको तयारी भइरहेको छ : सभामुख घिमिरे