दाङ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका दाङका आंगिक क्याम्पसहरूमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ।
सातवटा सरकारी एवम् सामुदायिक कलेज रहेको दाङमा विवादका कारण ३ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुन लागेको हो। बाँकी ४ क्याम्पसमा विवाद र तालाबन्दीका कारण चुनाव स्थगित गरिएको छ।
निर्वाचनका लागि आज बिहान ८ बजेदेखि साँझ ४ बजेसम्मका मतदानको समयअवधि तोकिएको छ। दाङको देउखुरी बहुमुखी क्याम्पस, आदर्श ऐरावति बहुमुखी क्याम्पस, लालमटिया र गढवा बहुमुखी क्याम्पसमा चुनाव सुरु भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ चैत्र २०७९, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी फागुन १५ गते त्रिविमा स्ववियु निर्वाचन हुने