काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासनलाई अस्वीकार गर्दै बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनलाई नरोक्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघसहित ४१ वटा संगठनले निश्कर्ष निकालेका छन् ।
गत मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्धको आन्दोलन फिर्ता लिएको जनाएको थियो तर महासंघले फिर्ता लिएको जनाए पनि ४१ वटा व्यापार संगठन आबद्ध बैंकको ब्याजदरविरुद्ध मूल संघर्ष समितिले भने ब्याजदर विरुद्धको आन्दोलन जारी रहने जनाएका हुन् ।
बैक तथा वित्तीय क्षेत्रले केही महिना अघि ७(८ प्रतिशतसम्म रहेको कर्जा ब्याजदर १७(१८ प्रतिशतसम्म बनाउँदा विकराल अवस्था बनेको’ उल्लेख गर्दै उनीहरुले आन्दोलनलाई निरन्तरता दिने बताएका हुन् । संघर्ष समितिले उद्योगी व्यापारीहरूको छाता संगठन उद्योग वाणिज्य महासंघको निर्णय प्रति पनि आपत्ति जनाएका छन् ।
‘केही दिन अघि हाम्रो महासंघ र संघहरुको आन्दोलनसँग सरोकार नरहने समूहले सम्पूर्ण उद्योग ब्यवसायीहरुले गर्दै आइरहेको संघर्षको कार्यक्रम फिर्ता लिएको भन्ने समाचार प्रति ध्यानाकर्षण भएको छ,’ संघर्ष समितिले भनेको छ, ‘उक्त समाचार प्रति यस संघर्ष समितिको कुनै पनि संलग्नता नरहेको कुरा प्रस्ट पार्न चाहन्छौं, संघर्ष समितिको शान्तिपूर्ण विरोधको कार्यक्रम जारी रहेको जानकारी गराउँदछौं ।’
सरकारले व्यवसायीका माग सम्बोधन नगरेकाले आन्दोलन जारी राख्नु परेको संयुक्त संघर्ष भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ चैत्र २०७९, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्प नीतिविरुद्ध यसरी सुरु भयो अमेरिकाभर ‘ह्यान्डस अफ’ आन्दोलन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइकर्मीको आन्दोलन, फोहरका थुप्रोले यात्रु हैरान
आन्दोलनका लागि देशभरिका शिक्षकहरू काठमाडौं आइपुगे
शिक्षा ऐन जारी नगरेको भन्दै फेरि आन्दोलनमा उत्रिए देशभरका शिक्षकहरु
स्वर्गद्धारी गुठी पीडित मोही किसानले थाले काठमाडौं केन्द्रित आन्दोलन
विद्यालय शिक्षा ऐन जारी गर्न सामाजिक सञ्जालबाट शिक्षकले दिन थाले दबाब