काठमाडौं । देशभरका शिक्षकहरुले फेरि काठमाडौं केन्द्रित सडक आन्दोलन सुरु गरेका छन् । देशभरबाट भेला भएका शिक्षक शिक्षिकाहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत आन्दोलन गरेका हुन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षा ऐन जारी गर्न दबाब दिन बृहत आन्दोलन सुरु गरिएको महासंघले जनाएको छ । आन्दोलनमा देशभरबाट शिक्षकहरु आएका छन् ।
उनीहरु माइतीघर मण्डलाबाट नारा जुलुस गर्दै नयाँ बानेश्वरतिर आइरहेका छन् । विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्ने उनीहरुले बताएका छन् । महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । यसअघि २०८० मा सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरुको माग छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ फागुन २०८१, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजावादीहरूको आन्दोलनका कारण शिक्षकहरूको प्रदर्शन सकियो
विद्यार्थी भर्ना अभियान प्रचारप्रसारमा हिँडेका शिक्षकको मृत्यु
शिक्षक आन्दोलनप्रति रामकुमारीको टिप्पणी- रमिता बढी भयो, अब स्कूल फर्किनुस्
१६औँ दिनपनि शिक्षक आन्दोलन जारी
शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित
नयाँ बानेश्वरमा शिक्षकहरूले दिए धर्ना