काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले जसपा बारा जिल्ला अध्यक्ष अजय पटेललाई नियन्त्रणमा लिएको छ ।बारा जिल्ला परवानीपुर नगरपालिका ५ निवासी ४५ वर्षीय पटेलले ६० करोडभन्दा बढी रकमको जग्गामा किर्ते कागज बनाई मालपोतको कर्मचारीको मिलेमतोमा आफूलाई हुँदै नभएको मोही कायम गराउन खोजेको आरोपमा किर्ते मुद्दामा सोही जिल्लाबाट सीआईबीको टोलीले पक्राउ गरेको हो ।
पटेललाई बारा वडा नम्बर ६ बहुअरीको कित्ता नम्बर ४ को ६ बिघा वडा नम्बर ८ को कित्ता नम्बर १३४ को ३ बिगाह र कित्ता नम्बर १४८०,१०७८ र १४७९ गरी १८ कठ्ठा र वडा नम्बरको ५ को कित्ता नम्बर १ को १७ कठ्ठा गरी १० बिघा र १५ कठ्ठा क्षेत्रफल रहेको जग्गाको नक्कली कागज बनाई हुँदै नभएको मोही कायम गराउन खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।उनले काठमाडौं विशालनगरका विजयमणि दीक्षितको नाम रहेको जग्गामा जनता समाजवादी पार्टीको झण्डा गाडी कब्जामा लिएर पोखरी खनी माछापालन व्यवसाय चलाउँदै वार्षिक लाखौँ कमाउँदै आइरहेका थिए।
जग्गा धनी दीक्षितले आफ्नो उक्त जग्गा बिक्रीको लागि बाटो सिफारिस लिन बाराको वडा २ कार्यालय पुग्दा र जग्गा खरिद गर्न हेर्न जाँदा पटेलसहित आएको समूहले भौतिक रुपमा आक्रमण गरि घाइते बनाएका थिए ।हाल पक्राउ परेका पटेललाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० फागुन २०७९, १६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ
७ वटा सहकारीको थप अनुसन्धान गर्न सीआईबीलाई महानगरको पत्र
पाँच महिनामै सीआईबी प्रमुख सरुवा गर्न प्रस्ताव
नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिनामा सीआईबीले दायर गर्यो मुद्दा
सीआईबीमा कार्यरत चार इन्स्पेक्टर हटाइए
सीआईबी प्रमुख किरण बज्राचार्यको सरुवा