काठमाडौं। त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पस स्ववियु निर्वाचन समितिले समानुपातिकतर्फको उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।
सार्वजनिक नामावली अनुसार समानुपातिक निर्वाचन प्रणालीको लागि ५० जनाको उम्मेदवारी परेको छ । २१ सदस्यीय स्ववियु समितिमा समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन्।
५० जना उम्मेदवारमध्ये जम्मा ९ जना मात्रै महिला उम्मेदवार रहेका छन् । सबैभन्दा बढी अखिल (क्रान्तिकारी)बाट पाँचजना, अनेरास्ववियुबाट दुई जना, नेविसंघबाट एक जना र नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट एक जना महिलाको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० फागुन २०७९, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन सर्यो
त्रिविविसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड
भूकम्प गएपछि त्रिविमा परीक्षाको समय १५ मिनेट थपियो
त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा सोध्न थाल्यो प्रश्नपत्र
त्रिभुवन विश्वविद्यालयका १४ हजार विद्यार्थी दीक्षित
स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि