काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताएका छन् ।
फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि एकजुट हुनुपर्ने बताए ।
मुलुकमा विविध जाति, समुदायका फरक–फरक पर्व र संस्कृतिले राष्ट्रलाई सांस्कृतिक रुपमा सम्पन्न बनाएको उल्लेख गरिएको उनले यसको संरक्षणबाट नेपाली समाजलाई एकताबद्ध गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सबै समुदायका चाडपर्वले सम्पूर्ण नेपालीबीच एकापसमा सदभाव कायम गर्ने हुँदा त्यसको महत्व र विशेषतालाई प्रवद्र्धनका लागि उनले जोड दिएका छन् । अध्यक्ष नेपालले जनताको सात दशक लामो सङ्घर्षले प्राप्त भएका राजनीतिक प्रणालीविरुद्ध भइरहेका गतिविधिप्रति चनाखो हुनुपर्ने सुनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ फागुन २०७९, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषध दुर्व्यसनविरुद्ध युवा जाग्नुपर्छ : अध्यक्ष नेपाल
कैलाश सिरोहिया पक्राउको कुरा सुनेर अचम्मित भएको छु : माधव नेपाल
महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने : अध्यक्ष नेपाल
गठबन्धनमा समस्या छैन : अध्यक्ष नेपाल