राजबिराज । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीबारे सुनेर आफू अचम्मित र दुःखी भएको बताएका छन।
सप्तरीको मलेठमा कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन सप्तरी आउँदा अध्यक्ष नेपालले बुधबार राजविराजमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताए ।“यो कुरा सुनेर अचम्मित भएको छु र दुःख पनि लागेको छ । उनले भने ।
पूर्व प्रधानमन्त्री नेपालले भने, “स्वच्छ मिडिया, राम्रो मिडिया चलाए बापतको दण्ड हो किरु कुनै बदलाको भावनाले यो भएको हो कि ? बुझ्न सकेको छैन।” उनले सिरोहिया जनकपुरका बासिन्दा भएको सबैलाई थाहा भएकै उल्लेख गर्दै उनका पुर्खा पनि त्यहीं बस्दै आएको सुनाए। “सिरोहियालाई नेपालको नागरिक हो कि होइन भन्ने कुरामा नै गिरफ्तार गर्नु अत्यन्तै निन्दनीय छ,” नेपालले भने, “एउटै नम्बरको दुई नागरिकता छ भने पाउनेलाई केही हुँदैन। यो प्रशासनतिर सोझिन्छ।”
गम्भीर अपराधमा संलग्न व्यक्तिलाई समात्नु स्वाभाविक भए पनि सिरोहियाको हकमा त्यस्तो नभएको नेपालको भनाइ थियो। “सोधपुछ गरेर सत्यतथ्य पत्ता लगाउन सकिन्छ। उहाँ सहयोग गर्न तयार नै हुनुहुन्थ्यो। तर यो गिरफ्तारी विचित्रको भयो,” नेपालले भने।
सिरोहियाको गिरफ्तारीको एकीकृत समाजवादीले भर्त्सना गरेको भनाइ छ ।
प्रहरीले सिरोहियालाई मंगलबार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको थियो। सिरोहियालाई धनुषा लगिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ जेठ २०८१, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषध दुर्व्यसनविरुद्ध युवा जाग्नुपर्छ : अध्यक्ष नेपाल
महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने : अध्यक्ष नेपाल
गठबन्धनमा समस्या छैन : अध्यक्ष नेपाल