काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लागु औषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थीहरू जाग्न आवश्यक रहेको बताएका छन् ।
दोलखामा रहेको गाईखुरा युवा क्लबले आज यहाँ आयोजना गरेको लागु औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रममा अध्यक्ष नेपालले लागू औषध दुर्व्यसन तथा कुलतबाट जोगाउनका लागि युवा एवं विद्यार्थीको भूमिका अहम रहने बताए ।
उनले भने, “पछिल्लो समय लागु औषध दुर्व्यसनमा धेरै जसो युवा पुस्ता फस्दै गएको पाइन्छ । त्यसैले यसविरुद्ध विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थी र सामाजिक क्षेत्रमा सक्रिय युवाहरू त्यसविरुद्ध सचेतना अभियानसहित जाग्नुपर्छ ।” लागु औषध दुर्व्यसनका कारण युवाहरूले अकालमै जीवन गुमाउने परेको उल्लेख गर्दै उनले यसविरुद्ध सबै एकजुट हुन आग्रह गरे ।
उनले लागु औषध दुर्व्यसनको सञ्जाल नै खडा गरी व्यापार गर्नेलाई समाजबाट नै बहिस्कार गर्नुपर्ने आवश्यक रहेको बताए । यसका लागि कठोर कानून आवश्यक रहेको उनको भनाइ थियो ।
त्यस अवसरमा नेकपा (माओवादी केन्द्र) सांसद गङ्गा कार्की, नेपाली काँग्रेसका नेता अजयवावु सिवाकोटी, विशेष अदालतका उपन्यायाधिवक्ता कृष्णा भण्डारी, पूर्वराजदुत डा.विश्वहरि नेपाललगायतले धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलाश सिरोहिया पक्राउको कुरा सुनेर अचम्मित भएको छु : माधव नेपाल
महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने : अध्यक्ष नेपाल
गठबन्धनमा समस्या छैन : अध्यक्ष नेपाल