काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट विद्यार्थी संगठनबीच स्ववियु निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ । कांग्रेसको भ्रातृ संस्था नेविसंघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियूबीच बुधबार स्ववियु निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो ।
अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयमा बसेको ती विद्यार्थी संगठनबीच तीन बुँदे सहमति भएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूकी महासचिव आरती लामाबीच सहमति भएको हो ।
अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले तीन विद्यार्थी संगठनले चैत ५ गते हुने स्ववियु निर्वाचन जस्तोसुकै परिस्थितिमा पनि सम्पन्न गर्न साझा प्रतिबद्धता व्यक्त गरेको बताए । स्ववियु निर्वाचन मा सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ छ ।
स्ववियु निर्वाचन स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न त्रिवि र नेपाल सरकारको ध्यानाकर्षण गर्ने निर्णय भएको एमसीले बताए । यसअघि स्ववियु निर्वाचनमा तालमेल गर्न नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले तीन सदस्यीय कार्यदल बनाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिचन्द्र क्याम्पसमा आज स्ववियु चुनाव हुँदै
पृथ्वीनारायण क्याम्पसको स्थगित स्ववियु चुनाव चैत १० गते हुने
देशैभरिका क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव चैत्र १८ गते
स्ववियु निर्वाचन : मनोनयन दर्ता आज
बझाङको खापरदेव क्याम्पसको स्ववियु निर्वाचन स्थगित