त्रिचन्द्र क्याम्पसमा आज स्ववियु चुनाव हुँदै

सफल खबर संवाददाता

मंगलबार, १९ चैत्र २०८१, ०८ : २४
त्रिचन्द्र क्याम्पसमा आज स्ववियु चुनाव हुँदै

काठमाडौ । राजधानीको त्रिचन्द्र क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन हुने भएको छ । 

यसअघि स्थगित भएको निर्वाचन मंगलबार भने हुन लागेको हो । मतदान विहान ८ बजेबाट सुरु हुने बताइएको छ ।

नेविसंघका सभापति उम्मेदवार गोविन्द कोइराला र अनेरास्ववियुबाट प्रमित विष्ट छन् भने सचिवमा नेविसंघबाट आशिष गिरी र अनेरास्ववियुबाट सुमन पुलामी , कोषाध्यक्षमा नेविसंघबाट दुषयन्त गौतम र अनेरास्ववियुबाट सुवास विडारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस