काठमाडौं । लुम्बिनीका नवनियुक्त मन्त्री भण्डारीलाल अहिर यादवको शपथ आज हुँदै छ ।
मन्त्री यादवको आज बिहान ११ बजे प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको शपथ ग्रहण हुने प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
जनता समाजवादी पार्टीका संसदीय दलका नेतासमेत रहेका अहिरलाई आइतबार कृषि तथा भूमि ब्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । उनी बाँके क्षेत्र नम्बर २९१० बाट निर्वाचित भएका थिए ।
यसअघिका कृषिमन्त्री तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा लगेर जसपा नेपालका अहिरलाई सो मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ फागुन २०७९, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढेन लुम्बिनीको पूँजीगत खर्च, हालसम्म कति भयो कार्यान्वयन ?
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी
लुम्बिनीमा विपद्बाट पाँच करोडभन्दा धेरैको क्षति
लुम्बिनीका कांग्रेस सांसद केसी रकम भुक्तानी गरेर रिहा