काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले शपथ लिएकी छिन् ।सोमबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति थियो ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रानामगर उसभामुखमा निर्वाचित भएकी थिइन् । उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग भएकी हुन् ।
संसदमा निष्पक्ष भूमिका निर्वाह गर्नु पर्ने भएकाले उपसभामुख हुने व्यक्ति राजनीतिक जिम्मेवारीमा नरहने प्रचलन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ माघ २०७९, १८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान्सरबाट जोगिन स्वास्थ्य सावधानी अपनाउँ: उपसभामुख राना
उपसभामुख राना रसिया प्रस्थान
वायु प्रदूषणसम्बन्धी नीतिको ड्राफ्ट हुँदैछ : उपसभामुख राना