उपसभामुख राना रसिया प्रस्थान

सफल खबर संवाददाता

मंगलबार, ०१ असोज २०८१, ११ : ०१
उपसभामुख राना रसिया प्रस्थान

काठमाडाैं। प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका लागि आज रसिया प्रस्थान गरेकी छन्। रसियाको सेन्टपिर्टसवर्ग शहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा भाग लिन उपसभामुख राना फ्लाई दुवईको बिहान ९ बजेको उडानबाट रसिया भ्रमणमा निस्किएकी हुन्।

उपसभामुख राना रसिया र स्वतन्त्र राज्यहरुको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते-सेप्टेम्बर १८-२० सम्म सञ्चालन हुने चौथो यूरेशियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ। उनले उक्त फोरमलाई सम्बोधन गर्ने छिन्।

भ्रमण सकेर उपसभामुख राना असोज ५ गते-सेप्टेम्बर २१ मा स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस