वायु प्रदूषणसम्बन्धी नीतिको ड्राफ्ट हुँदैछ : उपसभामुख राना

सफल खबर संवाददाता

शनिबार, २२ भदौ २०८१, १५ : ४३
वायु प्रदूषणसम्बन्धी नीतिको ड्राफ्ट हुँदैछ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले वायु प्रदुषणसम्बन्धी नीति बनाइने बताएकी छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । रानाले खुला फोरममार्फत सांसदहरुसँग बसेर वायु प्रदुषण सम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको बताइन् ।

उनले जलवायु परिवर्तन र वायु प्रदुषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरुलाई धेरै असर परिरहेको भन्दै सोबारेमा बुलन्द आवाज उठाउनुपर्ने बताइन् । शिक्षामा समावेशी ढाँचा हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘शिक्षामा पनि हाम्रो इन्क्लुसिभ फ्रेमवर्क हुनुपर्छ । डिसेब्लिटिजलाई काउन्सिलिङ गर्नेदेखि लिएर उनीहरुलाई कस्तो किसिमको इन्भायरोमेण्ट चाहिन्छ ? त्यो उनीहरुको लागि पनि सोच्नुपर्छ । इँटाभट्टामा काम गर्ने मजदुरहरुको सन्तानले धेरै नै कठिनाइ भोग्नुपर्छ ।

स्मोकबाट जुन इँटाहरु बनाइन्छ, त्यसले डाइरेक्ट बच्चालाई इफेक्ट हुन्छ । विश्वकै आँकडा हेर्ने हो भने धुँवा पोलुसनले गर्दा धेरै मानिसको मृत्यु भइरहेको छ । यस्तो कुरालाई चिरेर लैजानुपर्छ ।उनले भनिन्– ‘म अहिले लुज फोरममा एयरपोलुसनमा पोलिसी बनाउने भनेर लागिरहेको छु ।

टाइनी भेन्टिलेशनले गर्दा धेरै बच्चाहरुको मृत्यु भइरहेको छ। ज्येष्ठ नागरिकहरु, महिलाहरुलाई विभिन्न रोग लागेर मृत्यु भइरहेको छ । त्यो कुरालाई पनि ध्यान दिएर एयरपोलुसन, क्लाइमेट चेन्जलाई पनि हामीले आवाज बुलन्द रुपमा उठाउनु पर्नेछ । मैले पोलिसीको लागि पनि ड्राफ्ट गरिरहेको छु ।

उपभासमुख रानाले महिला, बालबालिकाहरुका लागि सरकारले छुट्याएको बजेट कम रहेको भन्दै आपत्ति जनाइन् । उनले कानुन बनाएर मात्रै नहुने भन्दै बनाएका कानुनहरुको कार्यान्वयन गर्न जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस