काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले टी–२० क्रिकेटमा 'स्पट फिक्सिङु भएको प्रमाण र आधार भेटेको छ । पुस ९ देखि २७ गतेसम्म भएको खेलामा स्पट फिक्सिङ भएको आधारहरु देखिएको सीआईबीले जनाएको हो ।
फिक्सिङको आशंका भएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले अनुसन्धान अन्तिम चरणमा पुर्याउँदै स्पट फिक्सिङ भएको प्रमाण र आधारहरु देखाएको छ ।
सीआईबीका एसपी सन्जय थापाले क्रिकेट खेलसँग सम्बन्धित व्यक्तिहरुबाट स्पट फिक्सिङमा संलग्न भएको सम्भावना देखिएको बताए । ‘अहिलेको अनुसन्धानले स्पट फिक्सिङ भएको प्रमाण र आधारहरु देखिन्छन्,’ एसपी थापाले भने, ‘थप अब समितिले प्रतिवेदन बुझाएपछि मात्रै भन्न सकिन्छ । ’
उनले खेलसँग जोडिएका व्यक्तिहरुको संलग्ना देखिएकाले ठ्याक्कै यही व्यक्तिहरु हुन् भनेर किटानी अहिले नै गर्ने बेला नभएको बताए । ‘अब प्रतिवेदनले अन्तिम रुप दिएपछि मात्रै यो यो मानिसहरु संलग्न भएका हुन् भन्ने देखिन्छ,’ उनले भने । उनले म्याच फिक्सिङ नदेखिएको तर स्पट फिक्सिङको पर्याप्त प्रमाण र आधारहरु देखिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ माघ २०७९, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ
७ वटा सहकारीको थप अनुसन्धान गर्न सीआईबीलाई महानगरको पत्र
पाँच महिनामै सीआईबी प्रमुख सरुवा गर्न प्रस्ताव
नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिनामा सीआईबीले दायर गर्यो मुद्दा