काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चाको केन्द्रीय अध्यक्षमा कैलाश कट्वाल मनोनित भएका छन।
उनलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक कार्यक्रमकाबीच मोर्चाको अध्यक्षमा मनोनित गरेको घोषणा गरे । राप्रपा नेपालबाट राप्रपामा प्रवेश गरेका कट्वाल यस अघि राप्रपा नेपालको युवा संगठनकोसमेत केन्द्रीय अध्यक्ष थिए।
युवा परिचालनमा दख्खल राख्ने कट्वाल युवा परिचालन र आन्दोलनको अग्र मोर्चामा देखिन्छन । युवा उद्यमी समेत रहेका कट्वालले राप्रपामा रहेर पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारीतापूर्वक निर्वाह गर्ने बताए। राजा आउ देश बचाउ हैन, जनता आउ राजा ल्याउ भन्ने धारणा राख्ने कट्वाल राजावादीका रुपमा चिनिन्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० पुस २०७९, १६ : ५९
लेखकबाट थप