हतियार र रकमसहित भारतीय व्यक्ति पक्राउ

सफल खबर संवाददाता

सोमबार, १८ पुस २०७९, ०८ : २७
हतियार र रकमसहित भारतीय व्यक्ति पक्राउ

काठमाडौं । शंकास्पद हतियारसहित भारतीय नागरिक पक्राउ परेका छन्।

बाराकककको पचरौता नगरपालिका–४ स्थित बिओपि बेल्दारीबाट खटिएको पैदल गस्ती टोलीले शंका लागेर चेक गर्दा भारतीय व्यक्ति पक्राउ परेका हुन्।

दाहिने कम्मरमा होस्टाइलभित्र ३ राउण्ड लोड भएको गोली, ४ राउण्ड होस्टाइल राखिएको पेस्तोल र भारतीय रकम र मोबाईल सेटसहित बरामद गरिएकको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी प्रवक्ता पुरुषोत्तम थापाका अनुसार उनलाई अहिले अनुसन्धानका लागि बुझाउने प्रक्रियामा राखिएको छ।