काठमाडौं । नेकपा माओवादी केन्द्रको बाग्मती प्रदेशको संसदीय दलको बैठक पुस १५ गते काठमाडौं बस्ने भएको छ ।
काठमाडौंको कुन स्थानमा बस्ने भन्ने विषयमा टुंगो लागि नसकेको सांसद सरल सहयात्री पौडेलले बताए । पुस १५ गतेको संसदीय दलको बैठकबाट नेता चयन हुने भएको छ ।
दलको नेतामा सांसद पौडेल र सालिकराम जमरकट्टेलले दाबी गरेका छन् । सर्वसम्मत रुपमा दलको नेता चयन नभएमा चुनावी प्रतिस्पर्धा गर्ने पौडेलले भन्दै आएका छन् । पौडेलले दलको नेता नछोड्ने भएपछि चुनाव हुने सम्भावना देखिएको छ ।
दलको नेता नै मुख्यमन्त्री बन्न पाउने भएकाले पौडेल र जमरकट्टेलवीच प्रतिस्पर्धा भई रहेको छ । बाग्मती प्रदेशमा माओवादीका २१ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ पुस २०७९, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेनीमा आज माओवादीको सभा, प्रचण्डले सम्बोधन गर्ने
माओवादीको पदाधिकारी बैठक खुमलटारमा बस्दै
माओवादी संसदीय दलको बैठक आज बस्दै
माओवादीले माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा
चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
माओवादी पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा