नयाँ सरकारले जनतामा आशा र भरोसा जगायाे : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, ११ पुस २०७९, २१ : ०५
नयाँ सरकारले जनतामा आशा र भरोसा जगायाे : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारले जनतामा आशा र भरोसा जगाएको बताएका छन् । 

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । 

अब सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने पनि उनले बताए । 

प्रतिक्रिया दिनुहोस