प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट

सफल खबर संवाददाता

शनिबार, २२ असार २०८१, १६ : २८
प्रधानमन्त्री  प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबिच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा दुई नेताबिच भेटवार्ता भएको हो ।

कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार प्रधानमन्त्री दाहालले कोइरालालाई फोन गरेर भेट्न बोलाएका थिए । ‘प्रधानमन्त्रीले नै फोन गरेर बोलाउनुभएपछि उहाँ बिहान एक्लै जानुभएको हो,’ थपलियाले भने, ‘करिब १५ मिनेट भेटवार्ता भएको हो ।’

प्रतिक्रिया दिनुहोस