काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदभार ग्रहण गरेका छन् । सोमबार अपरान्ह शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ ग्रहण गरेका प्रचण्डले बेलुकी साढे सात बजे सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण गरेलगत्तै पहिलो मन्त्रिपरिषदको बैठक बस्ने भएको प्रचण्डको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रमपछि पार्टी कार्यालय पेरिसडाँडामा रहेको रहेको सहिद तथा वेपत्ता स्मृती स्तम्भमा माल्यार्पण गर्न कार्यक्रम थियो । त्यसअघि कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा रहेको पुष्पलालको सालिकमा र लैनचौरस्थित सहिद स्मृति स्मारकमा श्रद्दान्जली अर्पण कार्यक्रम रहेको थियो ।
पार्टी कार्यालय पेरिसडाँडाबाट फर्केलगत्तै प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकक्ष सम्हाल्न सिंहदरबारमा पदभार ग्रहण आइपुगेका हुन् । सोमबार राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री प्रचण्डसहित ८ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । यससँगै पहिलो चरणमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड