एजेन्सी । इन्धनको मूल्यवृद्धि र जीवनयापनको बढ्दो मूल्यलाई लिएर प्रधानमन्त्री शेख हसिनाको राजिनामाको माग गर्न नियोजित जुलुसको एक दिनअघि प्रहरीले बंगलादेशको प्रमुख प्रतिपक्षी दलका दुई वरिष्ठ नेतालाई पक्राउ गरेको छ ।
बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर र पूर्वमन्त्री तथा पार्टीको शीर्ष निर्णय गर्ने निकायका सदस्य मिर्जा अब्बासलाई उनीहरुो घरबाटै पक्राउ गरेको बीएनपीको मिडिया शाखाका प्रमुख जहिरुद्दीन स्वपनले एएफपीलाई जानकारी दिए ।
‘उनीहरू सादा पोशाकका प्रहरी थिए । आलमगीरलाई उनीहरूको पहिचान थाहा थियो’ स्वपनले भने, ‘दुईलाई कहाँ लगियो भन्ने पार्टीलाई थाहा छैन ।’
ढाका महानगरीय प्रहरी प्रवक्ता फारुक अहमदले ती जोडीलाई बुधबारको झडपमा हिंसा भड्काएको र सरकारी काममा अवरोध गरेको आरोपमा पक्राउ गरिएको बताए । प्रदर्शनकारीहरूले प्रधानमन्त्री हसिनालाई कामचलाउ सरकारअन्तर्गत नयाँ निर्वाचनको पक्षमा राजीनामा दिन माग गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ मंसिर २०७९, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा कर्णालीका नेतासँग आगामी बजेटबारे छलफल
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा न्यायाधीश शर्मा र निरौलाको इजलासमा पेसी
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका नेता अशोक राई नेतृत्वको पार्टीमा प्रवेश
प्रचण्डसहितका नेताहरूले नक्खु र हनुमन्ते क्षेत्रको अवलोकन गर्ने
तीन दलका शीर्ष नेताबिच सिंहदरबारमा छलफल
भाजपाको चुनावी रणनीति बुझ्न नेपालका ५ राजनीतिक दलका नेताहरु दिल्लीमा