राजावादीमा नेतृत्वको खोजी : चन्द, सुवेदी की गुरुङ को बन्छन् नेता ?

सफल खबर संवाददाता

आइतबार, ०३ चैत्र २०८१, ०९ : ५८
राजावादीमा नेतृत्वको खोजी : चन्द, सुवेदी की गुरुङ को बन्छन् नेता ?

काठमाडौं । माओवादी जनयुद्दको जगमा भएको २०६२⁄०६३ को जनआन्दोलनको बलमा फयाँकिएको राजतन्त्र पूर्नंस्थापनाको माग राखेर राजावादीहरु सक्रिय हुन थालेका छन् । राजावादीका झण्डै ८०⁄८२ वटा साना ठूला समुहहरु राजा फर्काउने अभियानमा अहिले सक्रिय भईरहेका छन् ।

केही विदेशी शक्तिहरुको समेत प्रभवमा परेर अहिले राजावादीहरु राजा फर्काउन सकिन्छ की भनेर गृहकार्यमा जुटेका छन् । तर त्यस्तो आन्दोलनको नेतृत्व कसले गर्ने भन्नेमै राजावादीहरुका बीचमा मत मिल्न सकिरहेको छैन । उनीहरु एकले अर्काेलाई नेता मान्न तयार छैनन । चारतिर मुख फर्काएका राजावादीहरुको समुहलाई एकत्रित गर्ने, संयुक्त वक्तब्य दिने र संगठित रुपमा आन्दोलन गराउने उदेश्यले राजावादीहरुभित्र सबै समुहलाई मिलाएर लैजानसक्ने नेतृत्वको खोजी शुरु भएको राजावादी स्रोतले बताएको छ । 

स्वयंम पूर्व राजा ज्ञानेन्द्र शाह समेत अहिले राजावादीहरुलाई एक बनाउन र त्यसको नेतृत्व सबैले मान्न सक्ने साझा ब्यक्तिको खोजीमा लागेका छन् । राजनीतिक दलका नेताहरुले ज्ञानेन्द्रलाई आफै दल खोल्न र जनताका वीचमा आउन खुल्ला चुनौति दिईरहेका बेला ज्ञानेन्द्रले भने पर्दा पछाडी आफु बस्ने र आन्दोलनमा अर्को ब्यक्ति खोजी गरेर नेतृत्वमा पठाउने रणनीति बनाउन थालेका छन् । त्यसक्रममा उनले पूर्व राष्टिय पञ्चायतका अध्यक्ष समेत भईसेकका ८६ बर्षिय नवराज सुवेदीलाई अगाडी बढाउन खोजेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रको निर्देशनमा सुवेदीले एक चरण राप्रपा पूर्वअध्यक्ष शुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पान्डे, महामन्त्री डा. धवल शमशेर राणा, तथा वरिष्ठ नेता हरि बहादुर बस्नेतलगायतसँग छलफल र भेटघाट गरिसकेका छन् । यो भेटघाट सामुकिक रुपमा भएको थियो भने उनले अन्य राजावादी समुहमा रहेका र चारतिर मुख फर्काईरहेकाहरुसँग पनि अलग अलग छलफल गरिरहेका छन् ।

राजावादी स्रोतका अनुसार, नवराज सुवेदीको पहलमा चैत १ गते शुक्रवार पशुपतिशमशेर जबराको विजय निवास महाराजगञ्जमा एक् चरण सामुहिक छलफल भएको छ । उक्त छलफलमा अहिलेको राजनीतिक परिदृश्य, राप्रपाको भूमिका, राजावादी पार्टीहरुको एकताको सम्भावना, तथा भावी योजना जस्ता विषयमा छलफल भएको थियो ।

राजावादी अभियान चलाईरहेका दुर्गा प्रसाईले राप्रपा लगायतका नेताहरुले वातावरण देखिन थालेपछि ढोक्सा थाप्न आउन खोजेको प्रतिक्रिया दिईरहेका बेला राजावादीलाई मिलाउने कोसिसमा सुवेदी अगाडी आउन खोजेका हुन् ।

राजावादीहरुमा नेता को भन्ने विवाद भईरहँदा राजावादीहरुको नेता पार्टी राप्रपा नै रहेको सन्देश काठमाडौंका मेयर बालनेले जरिवानाको फन्डा फालेर दिएको पनि स्रोतको भनाई छ । देख्दा जरिवाना गरेको जस्तो तर फागुन २५ को आन्दोलनको मुख्य कर्ता राप्रपा भएको देखाउन बालेनले यो चलाखी अपनाईदिएको पनि राजावादीहरुका बीचमा चर्चा चलिरहेको छ ।

राप्रपाका नेताहरुसम्मलाई मिलाएर सुवेदी राजावादीहरुको नेता बन्न खोजेपनि राप्रपाभित्रै उनलाई नेता मान्ने पक्षमा कतिपय नेताहरु छैनन । उनले आन्दोलन हाकेर लैजान नसक्ने भन्दै राप्रपाका ज्ञानेन्द्र शाहीहरु बुढाबाट नचल्ने बताईरहेका छन् । 

राप्रपाका बुढा नेताहरु भने सुवेदीको नेतृत्वमा सबै अटाउन सक्ने बताईरहेका छन् । तर युवा नेताहरु सुवेदीप्रति विश्वास गर्ने पक्षमा छैनन । राप्रपाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा मोर्चाबन्दीको इच्छा देखाईरहेको छ । उता राप्रपा नेपालले संस्कृतिविद् डा जगमान गुरुङको नेतृत्वमा सबै राजावादी अटाउने मोर्चाबन्दी गर्न चाहेको छ । तर पूर्व राजा भने सुवेदीलाई अगाडी बढाउन चाहिरहेको छ । 

यही मेसोमा दिल्लीबाट फर्केका पशुपति शम्शेर जवराको घरमा बैठक राखेर सुवेदीले राजावादीहरुको नेतृत्व लिन कम्मर कसेका छन् । यधपी उनको यो कम्मर कसाईलाई सबैजसो राजावादीले स्वीकार गर्ने नगर्ने केही दिनमा थाहा लाग्ने राजावादीहरुको स्रोतले बताएको छ ।

दुर्गा सुवेदीले भने यी सबै ढोक्सा थाप्न मात्र आएको भन्दै आफ्नै नेतृत्वमा आन्दोलन अगाडी बढाउने बताईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस