उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका नेता अशोक राई नेतृत्वको पार्टीमा प्रवेश

सफल खबर संवाददाता

मंगलबार, ०६ कार्तिक २०८१, १४ : २३
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका नेता अशोक राई नेतृत्वको पार्टीमा प्रवेश

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) पर्सा विन्दवासिनी गाउँपालिकाका समितिका अध्यक्ष रमेश साह तेली अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

आज एक कार्यक्रम बिच उनी सो पार्टीमा प्रवेश गरेको जसपाका उपमहासचिव एवं खानेपानी मन्त्री प्रदीप यादवले बताए । जसपा नेपाल पर्सा जिल्ला सदस्य समेत रहेका अध्यक्ष साहले लिएको सही निर्णयको जसपाले सम्मान गरेको मन्त्री यादवले बताए ।

प्रतिक्रिया दिनुहोस