पहिलो हाफमा ब्राजिल र क्रोएसियाको बराबरी

सफल खबर संवाददाता

शुक्रबार, २३ मंसिर २०७९, २१ : ५९
पहिलो हाफमा ब्राजिल र क्रोएसियाको बराबरी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो खेलमा अहिले क्रोएसिया र ब्राजिलबीच प्रतिस्पर्धा भईरहेको छ ।

एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा ब्राजिल र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन् । उपविजेता क्रोएसिया ब्राजिललाई हराएर अन्तिम चारको यात्रा तय गर्न चाहन्छ ।

राउण्ड अफ १६ मा क्रोएसियाले जापानलाई हराएको थियो ।यता, पाँच पटकको च्याम्पियन ब्राजिल पनि जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेको छ । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस