बुटवल । लुम्बिनीका २६ निर्वाचन क्षेत्रमध्ये २५ क्षेत्रको मत परिणाम भइरहेको छ । गुल्मी २ मा रोकिएको एक केन्द्रमा आज मतदान भइरहेकाले मतगणना गर्न बाँकी छ । पछिल्लो अपडेटअनुसार नवलपरासीका दुई क्षेत्रमध्ये १ मा कांग्रेसका विनोद चौधरी र २ मा राप्रपाका ध्रुवबहादुर प्रधानले अग्रता लिएका छन् ।
रुपन्देहीका ५ क्षेत्रमध्ये १ मा एमालेका छविलाल विक र ५ मा वासुदेव घिमिरे, २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, ३ मा राप्रपाका दीपक बोहरा, ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले अग्रता लिएका छन् ।
पाल्पाका दुई क्षेत्रमा एमालेका उम्मेदारले अग्रता लिएका छन् । १ बाट नारायण आचार्य र २ मा ठाकुर गैरेले अग्रता लिएका हुन् । गुल्मी २ मा एमालेका गोकर्ण विष्टले अग्रता लिएका छन् भने १ मा स्थगित भएको एक केन्द्रमा आज मतदान भएपछि गणना हुनेछ ।
अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीले अग्रता कायम राखेका छन् । कपिलवस्तुको १ मा एमालेका बलाराम अधिकारीले अग्रता लिएका छन् भने २ मा कांग्रेसका सुरेन्द्र आचार्य र ३ मा अभिषेक शाहले अग्रता लिएका छन् ।
दाङका ३ क्षेत्रमध्ये १ मा नेकपा एसका मेटमणि चौधरी, २ मा माओवादीका रेखा शर्मा, ३ मा कांग्रेसका दीपक गिरीले अग्रता लिएका छन् । बाँकेको १ मा एमालेका सूर्य ढकाल, २ मा राप्रपाका धवलशमशेर राणा र ३ मा कांग्रेका किशोरसिंह राठोरले अग्रता राखेका छन् । बर्दिया १ मा नागरिक उन्मुक्तिका ठाकुरसिंह थारु र २ मा स्वतन्त्रका लालबिर चौधरीले अग्रता लिएका छन् ।
रुकुमपूर्वमा माओवादीका पूर्णबहादुर घर्तीले अग्रता लिएका छन् । रोल्पामा माओवादीका वर्षमान पुनले अग्रता लिएका छन् । मंगलबार मात्रै गणना सुरु भएको प्युठानमा एमालेका सूर्य थापाले सुरुवाती अग्रता लिएका छन् ।
एमाले :
रुपन्देही–१ छविलाल विश्वकर्मा, ५ मा वासुदेव घिमिरे, पाल्पा–१ नारायण आचार्य, २ ठाकुर गैरे, गुल्मी– २ गोकर्ण विष्ट, अर्घाखाँची टोपबहादुर रायमाझी, प्यूठान सूर्य थापा, कपिलवस्तु– १ बलाराम अधिकारी, बाँके– १ सूर्य ढकाल
कांग्रेसः
पश्चिम–नवलपरासी– १ विनोद चौधरी, कपिलवस्तु– २ सुरेन्द्र आचार्य र ३ मा अभिषेकप्रताप शाह, दाङ– ३ दिपक गिरी, बाँके– ३ किशोरसिंह राठौर
माओवादीः
रुकुम पूर्व पूर्णबहादुर घर्ती, रोल्पा वर्षमान पुन, दाङ– २ रेखा शर्मा
राप्रपाः
पश्चिमनवलपरासी– २ ध्रुवबहादुर प्रधान, रुपन्देही– ३ दीपक बोहरा, बाँके– २ धवलशमशेर राणा
स्वतन्त्र:
बर्दिया– २ लालबीर चौधरी
नागरिक उन्मुक्ति
बर्दिया– १ ठाकुरसिंह थारु
नेस्वपाः
रुपन्देही– २ गणेश पौडेल
लोसपाः
रुपन्देही ४ सर्वेन्द्रनाथ शुक्ला
एकीकृत समाजवादी :
दाङ– १ मेटमणि चौधरी
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ मंसिर २०७९, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी
लुम्बिनीमा विपद्बाट पाँच करोडभन्दा धेरैको क्षति
लुम्बिनीका कांग्रेस सांसद केसी रकम भुक्तानी गरेर रिहा
लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री लीला गिरी बन्ने
लुम्बिनीका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने