काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेलले रुपन्देही देशकै मोडल जिल्ला बनाउने बताएका छन् । उपाध्यक्ष पौडेलले जिल्लाको विकासका लागि दीर्घकलीन महत्वका केही महत्वपूर्ण आयोजनाहरु शुरु गरिसकेको, कुनै सम्पन्न भइसकेको र केही निर्माणाधिन रहेको बताउँदै आगामी दिनमा रुपन्देहीलाई देशकै मोडल जिल्ला बनाउने दाबी गरे ।
उनले रुपन्देहीमा निजी क्षेत्रहरुको लगानीको आकर्षण बढीरहेको बताए । उनले आगामी दिनमा जिल्लामा झनै लगानीको वातावरणलाई उत्साहीत बनाउन विकासका कामलाई तीब्रता दिने बताए । उपाध्यक्ष पौडेलले रुपन्देही जिल्लामा मानवीय विकासका पक्षमा शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रलाई बढाउन आवश्यक काम गरिरहेको बताए । उनले लुम्बिनीलाई विकासका दृष्टिकोणबाट सम्पन्न बनाउन दीर्घकालीन, रणनीतिक महत्वका पूर्वाधारको निर्माण कार्यलाई तीब्र बनाइरहेको बताए ।
उनले भने, ‘विकासका सन्दर्भमा दीर्घकलीन महत्वका केही महत्वपूर्ण आयोजनाहरु शुरु गरेका छौँ । केही सम्पन्न भएका छन्, केही निर्माणाधीन अवस्थामा छन् । केही शुरु हुने अवस्थामा छन् । त्यसले रुपन्देही जिल्लामा निजी क्षेत्रलाई पनि उल्लेखनीय मात्रामा आकर्षण बढेको छ । लगानीका दृष्टिकोणले पनि महत्वपूर्ण स्थान बन्दैछ । समग्रमा एकातिर लुम्बिनी छ, अर्कोतिर दीर्घकालीन महत्वका, रणनीतिक महत्वका पूर्वाधारका कार्य शुरु गरेका छौँ । अर्कोतर्फ निजी क्षेत्रको आकर्षण बढिरहेको छ ।’
उनले फेरि भने, ‘साथै मानवीय विकासका पक्षमा पनि हामीले शिक्षा, स्वास्थ्य जस्ता विषयमा आवश्यक ध्यान दिइरहेका छौँ । त्यस हिसावले पनि रुपन्देही मोडलका हिसावले नयाँ र मोडल बन्दैछ । हामीले जनतामा आशा पनि जगाएका छौँ, त्यसले जनतामा अपेक्षा पनि बढाएको छ । हामी औषत गतिमा काम गर्ने नभइ तिब्र गतिमा काम गर्न जरुरी छ । घोषणापत्रमा राखेका हाम्रा प्रतिवद्धताहरु कार्यान्वयन हुनसक्ने खालका छन् तर त्यसका निमित्त हामीले तदनुकुलकै प्रभावकारी प्रयासहरु गर्नुपर्छ ।’
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पौडेलले नेकपा एमालेले घोषणापत्रमा राखेका प्रतिवद्धताहरु कार्यान्वयन हुनसक्ने मात्रै रहेको भन्दै घोषणापत्र कार्यान्वयनका लागि प्रभावकारी प्रयासहरुको जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ मंसिर २०७९, १९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन : विष्णु पौडेल
अस्पताल निर्माणको जनस्तरबाट निगरानी होस् : अर्थमन्त्री पौडेल
आठौँ पटक मन्त्री र पाँचौँ पटक अर्थमन्त्री बने विष्णु पौडेल
विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने निश्चित
अर्थमन्त्रीले चुनौती लिनुभएको छ, समाधान पनि गर्नुहोला : विष्णु पौडेल
ओलीविरुद्ध लगाएको लाञ्छनाप्रति काँग्रेसले माफी नमागे प्रतिवादमा उत्रिने एमालेको चेतावनी