काठमाडौँ । कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई आज डिस्चार्ज गरिने भएको छ । जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नदेखिएकाले आज डिस्चार्ज गर्ने निर्णय भएको अस्पताल प्रशासनले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सँगै उपचार गराइरहेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने केही दिन अस्पताल राखिने भएको छ । आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदय रोग विशेषज्ञसँग परामर्श भइरहेको र केही दिन थप उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् ।
शनिबार पोखरा भ्रमण वर्षको उद्घाटनको क्रममा आगोमा बेलुन पड्किँदा पौडेल र आचार्य घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०८१, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती
‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
नयाँ बजेट निर्माण गर्न मन्त्रालयगत छलफल सुरु
विचाराधीन विधेयक छिटो टुंग्याउने काम होस् : अर्थमन्त्री पौडेल
अब निर्माण व्यवसायीको बिल रोकिँदैन : अर्थमन्त्री पौडेल