काठमाडौँ । एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले सोमबारबाट आठौँ पटक मन्त्रीका रूपमा सिंहदरवारको यात्रा सुरु गरेका छन् । पाँचौँ पटक अर्थ मन्त्रालय सम्हालेका उपप्रधानमन्त्री विष्णु पौडेल एमालेबाट पटक-पटक मन्त्री बन्ने एमाले नेतामा पर्छन् ।
पहिलो पटक ०७२ कात्तिक र दोस्रो पटक ०७७ असोजमा उनी अर्थ मन्त्री बनेको थिए । यस्तै, तेस्रो पटक ०७८ जेठमा, चौथोपकट ०७९ पुसमा उपप्रधान सहित अर्थमन्त्री बनेको पौडेल यस पटक पनि उपप्रधान सहित अर्थमन्त्री बनेका हुन् ।
पौडेल पहिलो पटक ०५३ चैत १२ देखि ०५४ असोज १० सम्म युवा, खेलकुद तथा संस्कृति मन्त्री बनेका थिए । ०६५ भदौ ५ देखि ०६६ जेठ ७ सम्म उनी दोस्रो पटक मन्त्री बन्दै जलस्रोत मन्त्रालय सम्हाले । त्यतिबेला पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यसैगरी झलनाथ खनालको नेतृत्वमा २०६७ सालमा बनेको मन्त्रिपरिषद्मा पौडेल रक्षामन्त्री थिए । त्यतिबेला पौडेल ०६७ चैत ३ देखि ०६८ भदौ ११ सम्म रक्षा मन्त्रालय सम्हालेका थिए । त्यसपछि थप पाँच पटक मन्त्री बनेका पौडेलले हरेक पटक अर्थमन्त्रालय मात्रै सम्हालेका छन् ।
सत्ता समीकरण निर्माण गर्न चलाख मानिने पौडेल केपी शर्मा ओली प्रधानमन्त्री बन्दा होस वा गठबन्धन सरकारमा होस मन्त्री बन्ने अवसर पाइरहेका छन् । ६५ वर्षका पौडेल एमालेको दुई वर्ष अघि भएको एमालेको महाधिवेशनबाट उपाध्यक्ष बनेका हुन् ।
२०३५ सालमा अखिल नेपाल कम्युनिस्ट कोअर्डिनेसन कमिटीबाट राजनीति सुरु गरेका पौडेल ११ वर्ष भूमिगत बसेका थिए । २०४१ सालमा रुपन्देही जिल्ला कमिटीको सचिव बनेका पौडेलले २०४७ सालमा एमालेको केन्द्रीय सदस्य रहँदै आएका छन् ।
त्यसैगरी २०५९ सालमा एमालेको स्थायी कमिटीका सदस्य बनेका पौडेल २०६५ सालमा भएको एमालेको आठौँ महाधिवेशनमा सचिवमा निर्वाचित भएका थिए । नवौँ महाधिवेशनमा उपमहासचिवमा निर्वाचित भएका पौडेल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणपछि गठन भएको नेकपाको महासचिव भएका थिए ।
सुरुमा पाल्पाबाट निर्वाचित भएका पौडेल त्यसपछि रुपन्देहीबाट निर्वाचित हुँदै आएका छन् । २०३७ सालमा ३ वर्ष जेल र ३ हजार रुपैयाँ जरिवानाको सजाय पाएका पौडेलले ४५ दिनमा जेल विद्रोह गरेका थिए । २०१६ मंसिर १५ मा स्याङ्जामा जन्मिएका लामो समयदेखि रुपन्देहीको बुटवलमा बस्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३२ असार २०८१, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन : विष्णु पौडेल
अस्पताल निर्माणको जनस्तरबाट निगरानी होस् : अर्थमन्त्री पौडेल
विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने निश्चित
अर्थमन्त्रीले चुनौती लिनुभएको छ, समाधान पनि गर्नुहोला : विष्णु पौडेल
ओलीविरुद्ध लगाएको लाञ्छनाप्रति काँग्रेसले माफी नमागे प्रतिवादमा उत्रिने एमालेको चेतावनी
नेपाली मोडलको समाजवाद ‘समृद्ध नेपाल, सुखी नेपाली' : विष्णु पौडेल