बागलुङ । मङ्सिर ४ गतेहुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । कर्मचारीले निर्वाचन सामग्री बुझ्न र मतदानस्थल पुग्न मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अब मतदानस्थल केन्द्रित तयारी सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालका अनुसार मङ्गलबारसम्ममा मतदान अधिकृतसहित कर्मचारी र निर्वाचन सामग्री मतदानस्थलमा पुगिसक्नेछन् । “कर्मचारीको खटनपटन र व्यवस्थापन भइसक्यो, अहिले नियुक्ति दिने काम भइरहेको छ”, उनले भने, “निर्वाचनको तयारी लगभग पूरा भइसकेको छ ।” बागलुङ–२ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले निर्वाचनका लागि चाहिने सबै सामग्री तयारी अवस्थामा रहेको र सामग्री बुझेर बिहीबार साँझसम्ममा तोकिएको मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी पुगिसक्ने बताए ।
छ वटा स्थानीय तह रहेको सो क्षेत्रमा एक सय १६ मतदान केन्द्र छन् । सङ्घतर्फ दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कूल एक सय छ मतदानस्थल र दुई सय ३१ मतदान केन्द्र छन् । जिल्ला कारागारका बन्दीसहित सुरक्षाकर्मी र कर्मचारीका लागि गरी दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । सबै मतदान केन्द्रमा गरी एक हजार आठ सय ५७ जना कर्मचारी र नौ सय ३० जना स्वयंसेवक खटिने निर्वाचन कार्यालयले जनाएको छ । चुनाव आउन पाँच दिन बाँकी रहँदा जिल्लाको सुरक्षा योजनादेखि अरु व्यवस्थापकीय तयारीलाई चुस्त पारिएको छ । राजनीतिक दल र उम्मेदवार मतदाता रिझाउने अन्तिम कसरतमा छन् । जिल्लामा कूल एक लाख ९२ हजार दुई सय २६ मतदाता छन् ।
१ नं क्षेत्रमा ९६ हजार छ सय ६५ र २ नं मा ९५ हजार पाँच सय ६१ मतदाता छन् । सङ्घका दुई र प्रदेशका चार सिटका लागि यहाँका ३१ उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २९ कार्तिक २०७९, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङमा ७५ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ अभाव
‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित
भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी
बागलुङका पर्यटकीय क्षेत्र सुनसान
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु
बागलुङमा बाढी–पहिरोबाट असारयता १८ जनाको मृत्यु, २२ घाइते